नागढुङ्गा चेकपोष्टबाट २ सय ५० गाडीहरु फर्काइए

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले दुई सय ५० भन्दा बढी गाडीलाई काठमाण्डौ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

आज विहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस