घाेराही, २७ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख रामबहादुर हमाललाई स्वागत तथा सम्मान गरेकाे छ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सरुवा भइ घाेराही उपमहानगरपालिका समाजिक विकास महाशाखामा आउनुभएका महाशाखा प्रमुख रामबहादुर हमाल, शिक्षा अधिकृतद्वय भवानी गिरी र अन्जु शर्मालाई स्वागत तथा सम्मान गरिएकाे थियाे । कार्यक्रममा महाशाखा प्रमुख हमालले शिक्षकहरुकाे क्षमता विकासका लागि तालिमलाई प्राथमिकता दिने बताउनुभयाे । निजी विद्यालयसँगकाे सहकार्यबाट नै शैक्षिक सुधार गर्न सकिने भएकाले आफ्नाे कार्यावधिमा निजी विद्यालयलाई समेत समेटेर अगाडि बढ्ने प्रमुख हमालले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य महेन्द्र अधिकारीले महाशाखाबाट निजी विद्यालयहरुप्रति समान व्यवहारकाे अपेक्षा रहेकाे बताउनुभयाे । जेनजी आन्दाेलनपछि देशकाे अवस्था फरक भएकाले निजी विद्यालयलाई कमजाेर बनाउने निति नअपनाउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य केशब थापा, विनयकुमार मिश्र, लुम्बिनी प्रदेश उपाध्यक्ष अमर सुवेदी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, प्याब्सन घाेराहीका वरिष्ठ सल्लाहकार पाेषण न्याैपाने, महाशाखाका अधिकृत अजय बाेहरा, प्याब्सन घाेराही नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । उक्त अवसरमा परिचयात्मक कार्यक्रम गरिएकाे थियाे ।
प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।












