विमल भण्डारी
घाेराही, १ कार्तिक । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ।

पूर्व विद्यार्थी ठाकुर प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विद्यालयको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न पूर्व विद्यार्थीलाई आग्रह गर्नुभयाे । प्रमुख अथिती मल्लले पछिल्लो समयमा विद्यालयले पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेकाले विद्यार्थीहरुको शैक्षिक गन्तव्य भएको औल्याउँदै विद्यार्थी एवम् सम्पूर्ण शिक्षक कर्मचारीको दुर्घटना बिमा समेत गरेको बताउनुभयो।

उक्त अवसरमा गुरुहरु पुरुशोत्तम खनाल, देवहरी शर्मा, मुक्तिप्रसाद शर्मा पण्डित, शान्ता रेग्मी, रामहरि रिजाल, कविता योगी र माधवा अधिकारीलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा सम्मानित गुरुहरुले आफ्नो अध्यापन कालका अनुभव र अनुभूति सुनाउनु भएको थियो।

गुरु पुरुषोत्तम खनालले सन्देशमुलक कविता वाचन गर्नुभएको थियो भने अर्का गुरु देवहरी शर्माले आफ्नो शिक्षण कालको अनुभूति सुनाउनु भएको थियो। सम्मानित गुरु रामहरि रिजालले अन्य अवसरको खोजी नगरी सिधै शिक्षण पेसामा जोडिएको अनुभव बाड्नुभएको थियो। अङ्ग्रेजी पढाउदा आफुले गरेका शिक्षण पद्धति र शैलिको बारेमा व्याख्या समेत रिजालले गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीको तर्फबाट लक्ष्मिनारायण शर्मा, पदम योगी, कृष्ण सुवेदी, अनुप देवकोटालगायतले आफ्नो वाल्यकालको अनुभव सुनाउनु भएको थियो।
भेलाले बिमल भण्डारीको संयाेजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। समितिले आगामी फाल्गुन २ गते बृहत पूर्व विद्यार्थी भेला गर्ने निर्णय गरेको छ भने प्रत्येक वर्ष दशैको अवसरमा कार्यक्रम गर्ने निर्णय गरेको छ।

पूर्व विद्यार्थी डा. मनोज अधिकारीको स्वागत मन्तव्यबाट शुरु भयको कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी बिमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस