अदिति केसी
घाेराही, १५ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन पनि विभिन्न प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न गरेकाे छ। प्रतियोगिताहरुमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागीता रहेकाे छ।
आइतबार भएका खेलहरुमध्ये कक्षा नर्सरीतर्फको ‘जुत्ता दौड’ मा रोहित बिष्ट प्रथम, सिरिश चौधरी द्वितीय र कायरा चौधरी तृतीय भएकाछन्। कक्षा एलकेजीतर्फको जुत्ता दौडमा कृशा रावत प्रथम, आहाना बिक द्वितीय र मुना योगी तृतीय भएकाछन्। कक्षा युकेजीतर्फको जुत्ता दौडमा एलिना केसी प्रथम, सन्ध्या राना द्वितीय र प्रदिप ओली तृतीय भएकाछन्।
कक्षा १ काे छात्रतर्फको ५० मिटर दौडमा सोमत चौधरी प्रथम, ऋतिक पाण्डे द्वितीय र रोशन बिक तृतीय भएकाछन्। छात्रातर्फ दिव्या भण्डारी प्रथम, ऋतिका गिरी द्वितीय र आकंक्षा चौधरी तृतीय भएकाछन्। कक्षा २ र ३ बीचकाे बोरा दौडमा छात्रा शिखा ओली प्रथम, आशिका चौधरी द्वितीय र प्रशंसा बुढा तृतीय भएकाछन्। छात्रतर्फ दिनेश राना मगर प्रथम, आदर्श बीएम द्वितीय र अविषेक घर्ती तृतीय भएकाछन्। कक्षा ४ र ५ तर्फको बोरा दौडमा छात्रतर्फ माधव नेपाली प्रथम, शरद योगी द्वितीय र ऋषि बस्नेत तृतीय भएकाछन्। छात्रा तर्फ कविता राना प्रथम, आरोशी चौधरी द्वितीय र एलिना महरा तृतीय भएकाछन्। कक्षा ६ र ७ का छात्राबीच भएको बोरा दाैडमा शान्ती नेपाली प्रथम, इच्छा थापा द्वितीय र शिखा पोख्रेल तृतीय रहेका छन्।
कक्षा ४ र ५ तर्फको ‘हिसाब दौड’ मा कविता राना प्रथम, संयम रिजाल द्वितीय र अनुज आचार्य तृतीय भएकाछन्। छात्रातर्फ कक्षा ६ र ७ बीचको लङ् जम्पमा आरजु चौधरी प्रथम, अनिता सुनार द्वितीय र शान्ती नेपाली तृतीय भएकाछन्। छात्रतर्फ कक्षा ८ देखि १० सम्मकाे लङ जम्पमा रूपक चौधरी प्रथम, विशाल सुनार द्वितीय र समिर सार्की तृतीय भएकाछन्। साेही तहकाे छात्रतर्फको ट्रिपल जम्पमा जेम्स बिष्ट प्रथम, बिशाल सुनार द्वितीय र समिर सार्की तृतीय भएकाछन्। आइतबार नै भएकाे कक्षा ८ देखि १० सम्मकाे हाई जम्पमा विशाल सुनार प्रथम, सरोज रिजाल द्वितीय र सोमपाल रोका मगर तृतीय भएकाछन्।
बिहीबारदेखि जारी सप्ताहव्यापी खेलकुद प्रतियोगिताहरु १७ गतेसम्म रहने खेलकुद संयाेजक सन्दिप चाैधरीले बताउनुभयाे । अधिकांश खेलहरु १६ गतेसम्म सकिने र केही प्रतियोगिताहरुकाे फाइनल खेल १७ गतेसम्म रहेकाले खेलकुद सप्ताहकाे समापन साेहि दिन हुने संयाेजक चाैधरीले जानकारी दिनुभयाे ।












