अदिति केसी
घाेराही, १५ मंसिर । ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राका सप्ताहव्यापी खेलकुद प्रतियोगिताहरु चाैथाे दिन पनि जारी रहेका छन् ।

सोमबार भएको नर्सरीतर्फको स्वीट रेसमा योबिका बाठा मगर प्रथम, साइलन महरा द्वितीय र मेघा ओली तृतीय भएका छन्। कक्षा १ तर्फको तातो आलुमा सृजना नेपाली प्रथम, केयान्सी सुनार द्वितीय र विजय वर्मा तृतीय रहेका छन्।

कक्षा २–३ तर्फको गणित दौडमा आदर्श बी.एम. प्रथम, युनिका चौधरी द्वितीय र पवन चौधरी तृतीय भएका छन्।
कक्षा ४–५ तर्फको चम्चा दौड छात्रातर्फ सिम्रन बिक प्रथम, दिक्षा पल्लि मगर द्वितीय र एलिना जी.एम. तृतीय भएका छन्। छात्रतर्फ सुप्रिम चौधरी प्रथम, निशान्त बी.सी. द्वितीय र विकल्प थापा तृतीय भएका छन्।

कक्षा ६–७ तर्फको जेभलिन थ्रो छात्रतर्फ समिर नेपाली प्रथम, हिरा कँवर द्वितीय र मिलन सुनार तृतीय छन्।
छात्रातर्फ शान्ती नेपाली प्रथम र इच्छा थापा द्वितीय भएकी छन्। कक्षा ६–७ तर्फको सटपुट छात्रातर्फ सम्झना सुनार प्रथम, आरजु चौधरी द्वितीय र शान्ती नेपाली तृतीय भएकी छन्।

छात्रतर्फ समिर नेपाली प्रथम, विजय अधिकारी द्वितीय र मिलन सुनार तृतीय भएका छन्। कक्षा ७–१० तर्फको जेभलिन थ्रो (छात्र) मा जेम्स बिष्ट प्रथम, सफल चौधरी द्वितीय र जेनिश चौधरी तृतीय रहेका छन्।

कक्षा ७–१० तर्फको सटपुट छात्रतर्फ एलिन खड्का प्रथम, बिशाल सुनार द्वितीय र कृष्ण बुढा तृतीय भएका छन्। कक्षा ६–१० तर्फको भलिबल प्रतियोगितामा धौलागिरी सदन प्रथम र सगरमाथा सदन द्वितीय भएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस