घोराही, १७ पाैष । दाङको घोराहीमा अवस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिक उत्सव मनाएकाे छ।

गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीमगरको अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सब मनाइएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि चाैधरीले शिक्षाले समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने आधार तयार पार्ने बताउनुभयाे । उहाँले गुणस्तरीय शिक्षामा सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले शिक्षा र सञ्चार एकअर्काका पूरक भएको उल्लेख गर्दै सञ्चार माध्यमलाई सही ढंगले प्रयोग गर्न सके समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताउनुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पछिल्लो समय प्रमाणपत्रमुखी सोच बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समाजलाई नैतिक, दक्ष र जिम्मेवार जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले व्यावहारिक र मूल्यआधारित शिक्षा प्रदान गर्दै उदाहरणीय भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, गाेरखा ग्रुपका संस्थापक अध्यक्ष मनबहादुर बुढा, निर्मल आचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

वार्षिकाेत्सवका अवसरमा एमबिबिएस तथा इन्जिनियरिङ अध्ययनतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै कक्षा १ देखि १२ सम्मका शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ।

उक्त अवसरमा ‘च्याम्पियन हाउस’ तथा उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। वार्षिकाेत्सवमा विद्यार्थीहरूले नृत्य, नाटक, विविध सांस्कृतिक प्रस्तुति, स्थानीय माैलिक सामग्री तथा खाद्य परिकार र परियाेजना कार्यहरुकाे प्रदर्शनी गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले विद्यालयकाे शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियाे । उक्त कार्यक्रमकाे सहजीकरण शिक्षक शाेभाकर पन्थीले

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस