घाेराही, १७ पाैष । घाेराही उपमहानगरपालिका वडा नं. ३ भानपुर दाङमा अत्याधुनिक सेवा र सुविधासहित सञ्चालनमा आएकाे सञ्जीवनी शिक्षण अस्पतालकाे प्रबन्धकमा एसाेसिएट प्राेफेसर मदन प्रसाद पन्थी नियुक्त हुनुभएको छ ।
युनिभर्सल मेडिकल कलेज भैरहवाद्वारा सञ्चालित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स बुटवलमा झन्डै १५ वर्षदेखि विभागीय प्रमुख (एचओडी) का रूपमा कार्यरत पन्थी सञ्जीवनी शिक्षण अस्पताल दाङकाे प्रबन्धकका रुपमा नियुक्त हुनुभएको हाे ।
सञ्जीवनी शिक्षण अस्पताल घाेराही दाङले आज एक कार्यक्रम गरि नवनियुक्त अस्पतालका प्रबन्धक एसाेसियट प्राेफेसर पन्थीलाई स्वागत गरेकाे छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक राेकाले नवनियुक्त प्रवन्धक पन्थीलाई स्वागत गर्नुभएकाे थियाे ।
यस क्षेत्रका बिरामीलाई अन्यत्र रिफर नगर्ने गरि यसै अस्पतालबाट सबै किसिमका बिरामीहरुकाे उपचार गर्नेगरी विशेषज्ञ सेवाहरु प्रदान गरिने अस्पतालका सिइओ राेकाले जानकारी दिनुभयाे । हाल तीन सय शैयामा सञ्चालित अस्पतालले तीन वर्षभित्र पाँच सय शैया विस्तार गरि एमबिबिएस तथा बिडिएस कक्षा सञ्चालन गर्ने पन्थीले बताउनुभयाे ।
निजी क्षेत्रबाट अत्याधुनिक सुविधा तथा विशेषज्ञ सेवासहित पाँच सय शैयाकाे सञ्जीवनी शिक्षण अस्पताल सञ्चालन हुन थालेपछि यस क्षेत्रका नागरिकमा खुसी छाएकाे छ ।












