Oplus_131072

दाङ, २६ पाैष । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला समिति दाङको आयोजनामा वनभोज, माघी मिलन, प्रशिक्षण तथा घटक संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ।

महासंघ जिल्ला अध्यक्ष शरदराज गिरीको अध्यक्षता तथा महासंघका केन्द्रीय सचिवालय सदस्य राजकुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्र, प्रदेश, जिल्ला तथा नगर समितिका पदाधिकारी र सदस्यहरूका साथै दाङका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले वर्तमान अवस्थामा देश विभिन्न आन्दोलनपछिको प्रभावले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै त्यसको उपचार गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीहरूको काँधमा रहेको बताए। उनले स्वास्थ्यकर्मीहरूलाई एकताबद्ध भई महासंघको नीति तथा कार्यदिशा अनुसार अघि बढ्न आग्रह गरे। साथै, स्वास्थ्यकर्मीहरूको पेशागत हितका लागि महासंघको पहलमा छुट्टै स्वास्थ्य ऐन ल्याउन सफल भएको बताउँदै आगामी दिनमा उक्त ऐनलाई अझ प्रभावकारी बनाउन सुझाव दिन आग्रह गरे।

कार्यक्रममा प्रदेश सह–इन्चार्ज सुन्दर तारामोले संगठनको नीति तथा कार्यदिशा, केन्द्रीय सदस्य विमल केसीले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी—दैनिक एक घण्टा आफ्नो परिवार र संगठनका लागि’ अभियानबारे प्रशिक्षण दिएका थिए।

त्यसैगरी लुम्बिनी प्रदेश अध्यक्ष दोर्णबहादुर ओलीले स्वास्थ्यकर्मीहरूलाई निडर रूपमा संगठनमार्फत आफ्ना पेशागत समस्या उठाउन आग्रह गर्दै महासंघ सधैं स्वास्थ्यकर्मीको पक्षमा रहने बताए।

कार्यक्रममा नगर प्रमुख टीकाराम खड्का, नेकपा एमाले प्रदेश कमिटी सदस्य हुकुमबहादुर बस्नेत, जिल्ला सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल लगायतले जनताको स्वास्थ्य अधिकारको संरक्षण गर्दै इमान्दार, जिम्मेवार र जवाफदेही भएर सेवा गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।

उक्त अवसरमा महासंघका मानार्थ सदस्यका रूपमा चूर्णबहादुर ओली र मणिराम ओलीलाई सम्मान गरिएको थियो भने महासंघमा नवप्रवेशी शिव कवर, प्रेम रसाइली, शरद खत्री र सन्देश देवकोटालाई टीका–खादा लगाई सदस्यता प्रदान गरिएको थियो।

सो अवसरमा दीपा सुनारको अध्यक्षतामा १५ सदस्यीय नेपाल नर्सिङ पेशाकर्मी संघ जिल्ला समिति तथा डा. मदन पोखरेलको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्यकर्मी संघ जिल्ला समिति गठन गरेको छ।

माघी पर्वको अवसरमा महासंघ लुम्बिनी प्रदेश उपसचिव पारस रावल, पेशागत महासंघ दाङ अध्यक्ष खिमबहादुर डाँगी, नेपाल निजामती कर्मचारी संगठन दाङ अध्यक्ष गोकर्ण ओली, महासंघ बाँके अध्यक्ष राजन शाही, बर्दिया अध्यक्ष गणेश आचार्य, सल्यान अध्यक्ष लोकबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजिकरण जिल्ला सचिव रोमहर्ष केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस