oplus_2

घाेराही, १९ फागुन । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले एसइइ विद्यार्थीलाई बिदाइ गरेकाे छ।

एसइइ परीक्षा २०८२ मा सहभागी हुने कक्षा दशका विद्यार्थीलाई साेमबार बिदाइ तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरि बिदाइ गरिएकाे हाे ।

विद्यालयका क्याप्टेन प्रनित रिजालकाे अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष चिजबहादुर चाैधरीकाे प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि चाैधरीले बिदाइकाे समय भावनात्मकरुपमा पिडादायी क्षण भएता पनि उच्च शिक्षाकाे नयाँ यात्रा सुखद अवसर रहेकाे बताउनुभयाे। बिदाइ भएर जान लागेका विद्यार्थीहरुकाे अनुभवसहितका विचार सुन्नु भएका चाैधरीले समाजकाे नेतृत्व गर्न सक्ने जनशक्ति विद्यालयले उत्पादन गरेकाे भन्दै गर्व गर्नुभयाे।

कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका प्रिन्सिपल महेश बस्नेतले एसइइ विद्यार्थीहरुकाे शैक्षिक उन्नयनकाे कामना गर्दै हरेक क्षेत्रमा सफलता प्राप्त गरेेका सन्देशकाे अपेक्षा रहेकाे बताउनुभयाे । उहाँले आफ्नै पूर्व विद्यार्थीहरुलाई विद्यालयमा राेजगारी प्रदान गरेकाे उल्लेख गर्दै उच्च शिक्षा हासिल गरेपछि विद्यालयलाई सम्झिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयाे ।

बिदाइ मन्तव्य राख्दै कक्षा १० का छात्रा अदिति केसीले  भन्नुभयाे, “आज म जे छु जस्ताे छु याे सबै श्रेय विद्यालयलाई जान्छ ।” उहाँले आफ्नाे व्यक्तित्व र क्षमता विकासमा विद्यालयकाे ठुलाे याेगदान रहेकाे उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ” यदि म याे विद्यालयमा हुदैन थिए, बजारका विद्यालयमा हुन्थे भने अवसर पाउदैन थिए । विद्यालयले दिएकाे अवसर, साथ, हाैसला र प्राेत्साहनले मैले सफलता चुमेकाे छु।”

अर्की छात्रा स्मारिका चाैधरीले तेह्र वर्षकाे ज्ञानमाला एकेडेमीको अध्ययनले जीवनलाई सार्थक बनाएकाे उल्लेख गर्नुभयाे । चाैधरीले भन्नुभयाे, “मेेराे क्षमता पहिचान गरि सफलता दिलाउन विद्यालयले महत्वपुर्ण भूमिका निर्वाह गरेकाे छ।” उहाँले थप्नुभयाे, “विद्यालय बाहिरका प्रतियोगितामा हामीलाई सहभागी गराउन विद्यालयले कुनै कसर बाँकी राखेकाे छैन । म याे गुण जीवनभर बिर्सने छैन ।”

कक्षा ९ का छात्र सनिश मण्डलकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा विद्यालयका विज्ञान शिक्षक संगित अधिकारी, सामाजिक अध्ययन विषयका शिक्षक मिना याेगी, कक्षा १० का छात्रा सबिना चाैधरी, छात्रहरु जेम्स बिष्ट, कृष बुढा, कक्षा ९ का छात्रा अंकिता चाैधरी लगायतले मन्तव्य राख्नुभएको थियाे।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाकाे चिनाे प्रदान गरेका थिए भने कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई सामुहिक तस्बिरसहितकाे फाेटाे फ्रेम प्रदान गरेका थिए ।

विद्यालयकाे संयाेजन तथा कक्षा ९ काे आयाेजनामा हरेक वर्ष वार्षिक परीक्षा अगावै औपचारिक कार्यक्रम गरि एसइइ विद्यार्थीहरुलाई बिदाइ गरिदै आएकाे विद्यालयले जनाएकाे छ। विद्यालयका अनुसार अग्रजप्रति श्रद्धा र सम्मानकाे भावना तथा भातृत्वकाे सम्बन्ध स्थापित गर्न कक्षा ९ का विद्यार्थीहरुलाई कार्यक्रमकाे आयाेजना तथा व्यवस्थापनकाे जिम्मेवारी दिइएकाे छ। उक्त कार्यक्रमकाे सहजीकरण कक्षा ९ का छात्रछात्रा अबिन चाैधरी र टीका लामिछानेले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस