घाेराही, २४ फाल्गुन। दाङ महिला जेसीजले एकल तथा मजदुर महिलाहरुलाई सम्मान गरेकाे छ।

१६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा दाङ महिला जेसीजले आइतबार छ जना एकल तथा मजदुर महिलाहरुलाई सम्मान गरेकाे हाे । यसरी सम्मानित हुनुहुने एकल तथा विपन्न मजदुर महिलाहरुमा दाेर्जे दमाई, मनमाया केसी, जुठी घर्ती, मन्जु नेपाली, इन्द्रा सुनार र ठगी पुन रहनुभएकाे छ। उहाँहरुलाई नगद रकमसहित दाेसल्ला ओडाइ सम्मान गरिएकाे थियाे ।
दाङ महिला जेसीजकी अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् नेपाल अपाङ्ग संघकी अध्यक्ष रुपा ओलीकाे प्रमुख आतिथ्यता तथा वडा नं. १४ कि वडा सदस्य रचना कुमालकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । उक्त अवसरमा महिला नेतृत्व र आत्मविश्वास विकास सम्बन्धि तालिम समेत सञ्चालन गरिएकाे थियाे । घाेराही उपमहानगरपालिका १४ ट्राफिक चाेक स्थित खाेलीगाउँ टाेल विकास संस्थाकाे भवनका भएकाे तालिमका प्रशिक्षकमा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी जिवा भुसाल रहनुभएकाे थियाे । तालिममा ६५ जना महिलाहरुकाे सहभागीता रहेकाे थियाे ।
्
लाेम एडिटर जेसी प्रज्ञा स्वर्णाकारकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा प्रमुख अतिथि रुपा ओली, विशिष्ट अतिथि रचना कुमाल, पूर्व अध्यक्ष जेसी ममता बिष्टले आ-आफ्ना धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा उपाध्यक्ष जेसी सरस्वती ओलीले जेसीज आस्था पाठ गर्नुभएकाे थियाे भने कार्यकारिणी उपाध्यक्ष जेसी आरधना सिंह ठकुरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे सहजीकरण दाङ महिला जेसीज वर्ष २०२६ का महासचिव जेसी बसन्ती सुवेदीले गर्नुभएको थियाे ।












