दाङ,१० जेठ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सुरु भएपछि सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ।

प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मिसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्।

प्रतिष्ठानको तथ्याङक अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट १ सय १३ जना बिरामीको सफल शल्यक्रिया गरीएको छ ।

सोही अवधिमा यूरोलोजीतर्फ ५ सय ५ जना विरामीले ओपीडि सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । त्यस्तै युरोलोजि सेवा अन्र्तगत भर्ना गरेर ६१ जना विरामीको उपचार गरीएको छ ।

यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस