दाङ, १२ जेठ । दाङमा “मह महोत्सव-२०८३” आयोजना हुने भएको छ। स्थानीय महको प्रवर्द्धन, बजारीकरण तथा मौरीपालन व्यवसायको विकास गर्ने मूल उद्देश्यका साथ नेपाल मौरीपालक महासंघ, दाङको आयोजनामा महोत्सव हुन लागेको हो।
२०८३ जेठ १३, १४ र १५ गते दाङको घोराहीमा संचालन हुने यस महोत्सवमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, दाङले प्राविधिक सहयोग गरेको छ।
महोत्सव अवधिभर स्थानीय महको प्रचारप्रसार, विशेषज्ञहरूसँग अन्तर्क्रिया तथा छलफल, मौरीपालन सम्बन्धी सामग्री, उपकरण र प्रविधिको प्रदर्शनी एवं बिक्रीका साथै किसानहरूबीच अनुभव आदानप्रदान गरिनेछ। साथै, उद्घाटनका दिन भोलि घोराही बजारमा विशेष ‘प्रभातफेरी’ कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ।












