दाङ, २० असार । गोर्खा पब्लिक हस्पिटल प्रालि घोराही दाङको सञ्चालक समिति अध्यक्षमा माधव प्रसाद पन्थी चयन हुनु भएको छ । आज घोराहीमा सम्पन्न नवौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा पन्थी अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा शंकर गौतम, सचिवमा नौल सिं घर्ती, कोषाध्यक्षमा केशवकुमार न्यौपाने र सदस्यमा गोविन्द प्रसाद न्यौपाने चयन हुनुभएको छ ।
२०६८ सालमा स्थापना भएको हस्पिटलले जटिल खालका शल्यक्रियाका साथै विभिन्न विशेषज्ञसहितको सेवा प्रवाह गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पन्थीले थप प्रभावकारी तथा अत्याधुनिक सेवा सहितको सेवा प्रवाहका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस