oplus_2

घाेराही, १३ साउन । गुरु पूर्णिमाकाे अवसरमा ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएकाछन् ।

वातावरण संरक्षण तथा दिगाे स्वास्थ्यका लागि विद्यार्थीहरुले शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएका हुन् । शिक्षक तथा कर्मचारीहरुलाई दालचीनीकाे बिरुवा उपहार दिदै विद्यार्थीहरुले उक्त बिरुवाकाे घर वा विद्यालयमा स्वयम् शिक्षक तथा कर्मचारीहरुले राेपन, मलजल तथा संरक्षण गर्नुपर्ने बताएका छन् । विद्यालयका क्याप्टेन सृष्टि केसीले उपहार स्वरुप प्रदान गरिएका बिरुवालाई शिक्षक तथा कर्मचारीहरुले संरक्षण गरेका तस्बिर तथा भिडियाे क्लिप तयार गरि विद्यालयमा उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयाे । उहाँले वातावरण संरक्षण सबैकाे दायित्व भएकाले समाजका हरेक व्यक्तिले यस्ताे कार्यकाे अनुशरण गर्दै बिरुवा राेप्ने मात्र नभइ संरक्षण गर्न आग्रह गर्नुभयाे ।

विद्यालयमा गठित सिर्जनशील बाल क्लब, नेपाल जुनियर रेडक्रस सर्कल, किशाेरी समुहद्वारा आयाेजित गुरु पूर्णिमा विशेष तथा गुरु बन्दना कार्यक्रममा विद्यार्थीहरुले शिक्षकहरुकाे कुर्सी दाैड प्रतियोगिता समेत सञ्चालन गरेका थिए । प्रतियोगितामा शिक्षिका मिना याेगी प्रथम, टीका कुमारी भण्डारी द्वितीय र विद्यालयका प्रिन्सिपल महेश बस्नेत तृतीय हुनुभएको थियाे ।

विद्यालयका क्याप्टेन सृष्टि केसीकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले गीत, नृत्य, कविता तथा हाइकु प्रस्तुत गरेका थिए । किशाेरी क्लबकी अध्यक्ष शान्ति नेपालीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा शिक्षिका मिना याेगी, सीता केसी बस्नेत, विद्यार्थीहरु प्रिन्सा ओली, पूर्णिमा गिरी, दीक्षा पल्ली मगर, सुविज्ञा ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण सिर्जनशील बाल क्लबका सचिव चेतना आचार्य र सहसचिव उन्नति केसीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस