विमल योगी
दाङ, २ भदौ। दाङको घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि सञ्चालन भएको एक महिने शिवपुराण तथा श्रृगारिक महाआरती सत्सङ्ग कार्यक्रम सोमबार सम्पन्न भएको छ।

पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले साेमवार मन्दिर परिसरमा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी सत्सङ्गकाे समापन गरेकाे हाे । समापनको पूर्वसन्ध्यामा आइतबार आयोजित एक करोड दीप प्रज्वलन कार्यक्रम हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेकाे थियो।

समापन समारोह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा तथा शिवपुराणका मुख्य कथावाचक पण्डित नरेश नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। साे अवसरमा एक महिना सम्म सञ्चालन भएको शिवपुराण तथा श्रृगारिक महाआरती सत्सङ्गमा मुख्य कथा वाचन गर्ने पण्डित नरेश नेपाल, उप वाचक दिपक न्याैपाने, आरती गुरूहरू सुरेश भट्टराई, पुष्पराज घिमिरे, भक्ति भट्टराई, निर्मल पाेख्रेल, गाेविन्द भट्टराई, सञ्चालक भरतराज पाेख्रेल लगायतलाई प्रमाणपत्र,टिका मालाले सम्मान सहित विदाई गरिएको थियाे । यस्तै सत्सङ्ग अवधिभर निशुल्क भाेजनकाे व्यवस्था गर्ने प्रतिभा टाेल विकास संस्था गुर्गै, लालगुराँस टाेल विकास संस्था, लेखा सहयाेग गर्ने शिवराज पाैडेल, केशव भण्डारी, अश्मिता केसी, कृष्ण भुसाल, यज्ञश्वरी चन्द, मुकुन्द अधिकारी, विष्णु कालाथाेकी, पिमा नेपाल, प्रहरी पाेष्ट धारपानी, बिभिन्न मिडियाकर्मी लगायतलाई सम्मान गरिएको थियाे ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निमबहादुर चौधरी र शंकर गौतमले  मन्तव्य व्यक्त गर्दै एक महिने धार्मिक अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। एक महिनासम्म सञ्चालन भएको शिवपुराण कथा वाचन, पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा श्रुङ्गारिक महाआरती कार्यक्रमले पाण्डवेश्वर महादेव मन्दिरलाई धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुगेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डित नरेश नेपालले धार्मिक अनुष्ठानले समाजमा सद्भाव, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने बताउनुभयो। अध्यक्ष गणेशकुमार अधिकारीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो।

समापन कार्यक्रमकाे सञ्चालन समितिका सचिव विष्णुराम आचार्य,सहसचिव विमल कुमार अधिकारी लगायतले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस