नवराज खत्री
घाेराही, ६ असाेज । दाङ जिल्ला भलिबल संघको साेमबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले लक्ष्मण बस्नेतको अध्यक्षतामा जिल्ला भलिबल संघको नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा भरत कवर र भूमिसरा बाठा मगर चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा दुर्लभ श्रेष्ठ र कोषाध्यक्षमा ईश्वर केसी चयन हुनुभएकाे छ।
यसैगरी संघकाे सदस्यहरूमा नवराज खत्री, राजु यरी, लिलाबहादुर घर्ती, कमल दशौदी, पूरण विक र जितेन्द्रबहादुर चौधरी चयन हुनुभएकाे छ। कार्यसमितिमा दुई सदस्य भने पछि थप गरिने जनाइएको छ।
अधिवेशनले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगितालाई थप व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
कार्यसमितिले जिल्लामा भलिबल खेलको विकास र विस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान तथा प्रोत्साहनमा जोड दिने जनाएको छ।
दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कवरको अध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भीम वलीको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । अधिवेशनमा दाङ जिल्ला खेलकुद विकनि समितिका अध्यक्ष विवेक श्रेष्ठ, लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष कृष्णा पाठक, दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार लगायतकाे उपस्थिति रहेकाे थियाे ।












