Oplus_131072

घोराही, २५ असाेज। दाङ जिल्ला उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी हुनुभएको छ। उहाँले ११०५ मत प्राप्त गरि आफ्ना निकटतम प्रतिस्पर्धी नरेशकुमार श्रेष्ठलाई पराजित गर्नुभएकाे हाे ।

निर्वाचनमा गहतराज नेतृत्वको साझा व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ विजयी हुनुभएकाे छ। यसैगरी गहतराजकै प्यानलबाट सचिवमा भीमसेन डाँगी र सहकोषाध्यक्षमा शालिकराम आचार्य विजय हुनु भएकाे छ।

त्यसैगरी, महासचिव पदमा नरेश श्रेष्ठ नेतृत्वको प्यानलका माधव खनाल विजय हुनुभएको छ भने कोषाध्यक्ष पदमा पनि नरेशकै प्यानलका दिपक पण्डित विजय हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस