घोराही, २५ असोज । नेपाल मेडिकल एसोसिएसन (एनएमए) दाङ शाखाको अध्यक्षमा डा. बि. पि. भुषाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । असोज २४ गते घोराहीमा सम्पन्न शाखाको भेलाले डा. भुषालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. रमेश बस्नेत, उपाध्यक्षमा डा. बोम बि. सि., सचिवमा डा. हेमराज शर्मा, सहसचिवमा डा. निरोज खनाल र कोषाध्यक्षमा डा. रोशन गुप्ता निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा डा. अच्युत न्यौपाने, डा. सुभाष लामिछाने, डा. सबिता विश्वकर्मा, डा. हिमांशु शाह र डा. दुर्गा बेलबासे चयन हुनुभएको छ ।
भेलामा बोल्ने वक्ताहरुले दाङ जिल्लाको स्वास्थ्य सेवा थप गुणस्तरीय र फराकिलो बन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले चिकित्सकको सुरक्षा, पेसागत मर्यादा र बिरामीको सहज पहुँचका विषयमा केन्द्रित रहन नवनिर्वाचित नेतृत्वलाई सुझाव दिएका थिए ।











