तुलसीपुर, २४ फाल्गुन । प्रेस चाैतारी नेपाल दाङकाे दाेस्राे विस्तारित बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएकाे छ ।

प्रेस चाैतारी दाङकी अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता एवम् प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यकाे प्रमुख आतिथ्यतामा बसेकाे ब‌ैठकले बैशाख मसान्तभित्र जिल्लाका सबै पालिकामा प्रेस चाैतारीकाे पालिका गठन गर्ने निर्णय गरेकाे छ । बैठकले बैशाख महिनाभित्र १० ओटै पालिकामा प्रेस चाैतारी गठन गर्ने गरि जिम्मेवारी ताेकेकाे छ । जस अनुसार घाेराहीकाे जिम्मेवारी जिल्ला सदस्य महेश बस्नेत, तुलसीपुरका लागि नगर अध्यक्ष वसन्त परियारलाई दिएकाे छ । लमहीका लागि उपाध्यक्ष लक्ष्मी पाेख्रेल, राप्तीका लागि हुमा सुनार, गढवाका लागि दिपक चाैधरी, राजपुरका लागि अरुण नेपाली, बंगलाचुलीका लागि सुशील परियारलाई जिम्मेवारी दिएकाे छ । बैठकले शान्तिनगरका लागि दिप्तिशिखा चाैधरी, शान्तिनगरका लागि हिमाल विश्वकर्मा र बबईका लागि हिमाल खड्कालाई जिम्मेवारी दिएकाे छ ।

तुलसीपुरस्थित नेकपा एमालेकाे पार्टी कार्यालयमा बसेकाे प्रेस चाैतारीकाे बैठकले तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचनकाे प्रचारप्रसारका लागि प्रेस चाैतारीका तर्फबाट सदस्य हेमराज डाँगीलाई संयाेजक ताेकेकाे छ । बैठकले प्रेस चाैतारी दाङकाे इतिहास समेट्नका लागि स्मारिका समेत प्रकाशन गर्ने निर्णय गरेकाे छ । बैठकमा हालै सम्पन्न प्रेस चाैतारी लुम्बिनी प्रदेशकाे अधिवेशनबाट निर्वाचित उपाध्यक्ष दशरथ घिमिरे, सचिवद्वय माधव कँडेल र निता चाैधरी र सदस्य नवराज शर्मालाई बधाई तथा सम्मान गरिएकाे थियाे ।

बैठकलाई नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, प्रचार विभाग प्रमुख संगीत बस्यालले सम्बाेधन गर्नुभएकाे थियाे । प्रेस चाैतारी तुलसीपुर नगर कमिटीका अध्यक्ष वसन्त परियारकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठककाे सहजीकरण सचिव निमु संगम घर्तीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस