लमही, २ चैत्र । दाङको देउखुरीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । लमहीबाट भालुबाङतर्फ जाँदै गरेको ना २ ख ५५७१ नम्बरको बस अनियन्त्रित भई पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका २ बराखुट्टीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी राप्ती गाउँपालिका वडा नम्बर २ मसुरिया निबासी १८ वर्षीया मुना चौधरी, उनकी २ महिनाकी छोरी सोनी चौधरी, सोही ठाउँ निबासी ३५ वर्षीय दयाराम चौधरी, उनकी ७ वर्षीय छोरी बिपना चौधरी, प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर २ निबासी २४ वर्षीय आयुष्मा थापा र उनकी ७ वर्षीया छोरा सिरिस थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस