काठमाडौँ, २० चैत । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी प्रस्ताव तयार गर्न गठित कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते एकता घोषणा गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन वाम एकता संयोजन समितिलाई बुझाएको छ ।

एकीकृत पार्टीको संगठनात्मक संरचना र राजनीतिक दस्तावेज तयार गर्न दुइटा कार्यदल बनेका थिए । ती कार्यदलले प्रतिवेदन तयार गरी दुवै दलका अध्यक्ष समेत रहेको संयोजन समितिलाई बुझाएका हुन् । कार्यदलले एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने प्रस्ताव गरेको छ । राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने उल्लेख छ । त्यस्तै एमालेले अपनाउँदै आएको जनताको बहुलदीय जनवाद र माओवादीले अपनाउँदै आएको माओवादको सिद्धान्तलाई महाधिवेशनसम्म छलफलमा लैजाने उल्लेख छ ।
कार्यदलभित्र जनयुद्ध शब्द राख्ने कि नराख्ने, एकीकृत पार्टीको चुनाव चिह्न सूर्य हुने कि त्यसलाई परिमार्जन गर्ने र केन्द्रीय समितिमा दुवै दलका तर्फबाट कति अनुपातमा केन्द्रीय सदस्य राख्ने भन्ने तीनवटा विषयमा सहमति हुन सकेको छैन । ती विषय एकता संयोजन समितिबाट टुंग्याउने गरी प्रतिवेदन बुझाइएको छ । कार्यदलले बुझाएका प्रतिवेदनमाथि बिहीबार एकता संयोजन समितिको बैठक बसेर छलफल गरिने कार्यदल सदस्य एमाले नेता बेदुराम भुसालले जानकारी दिए ।
प्रतिवेदन बुझ्दै दुवै दलका अध्यक्षले कार्यदललाई धन्यवाद दिए । राजनीतिक प्रतिवदेन तयार गर्ने कार्यदल माधव नेपाल र विधान सम्बन्धी कार्यदल रामबहादुर थापाको नेतृत्वमा गठन भएका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस