भारतले केपटाउनमा खेलेको तेस्रो तथा अन्तिम टि २० म्याचमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको छ।

यो सँगै तीन खेलको टी २० सिरिज भारतले २-१ले जितेको छ।

भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली पुरै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका कप्तान जेपी डुमिनीले ४१ बलमा दुई चौका र ३ छक्का सहित ५५ रन बनाए भने जनकरले ४९ तथा डेभिड मिलरले २४ रनको योगदान दिए पनि हार टार्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। उसका लागि शिखर धवनले ४० बलमा ४७ रनको पारी खेले भने सुरेश रैनाले २७ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन बनाए।

अन्तिम खेलमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको थियो। उनको स्थानमा आएका कप्तान रोहित शर्मा शनिबार ११ रन मात्र बनाएर एलबिडब्लुको धरापमा परे। हार्दिक पाण्ड्याले २१, दिनेश कार्तिकले १३ रन बनाए।

दक्षिण अफ्रिकाका जूनियर डालाले ३५ रन दिँदृ ३ विकेट लिएका थिए। यस्तै क्रिस मोरिसले ४३ रन खर्चिएर २ विकेट लिए।

योसँगै भारतले दक्षिण अफ्रिकी यात्राको अन्त गरेको छ।

यो सँगै भारले अफ्रिकी मैदानमा उसलाई टि ट्वान्टी सिरिज २-१ ले जित्यो भने, ६ खेलको वानडे सिरीज़ ४-२ ले आफ्नो पक्षमा पारेको थियो। तर टेस्ट सिरीज २-१ले गुमाएको थियो।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस