घोराही, २८ वैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवसका अवसरमा १९ जनाले रक्तदान गरेका छन् । रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १९ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
रक्तदान गर्नेहरुमा रेडियो सञ्चालक समितिका सचिव सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारी, समाचार शाखाका प्रेमबहादुर राम्जा, विमला घर्ती, प्राविधिक बाबुराम पाण्डेय, कार्यक्रम सञ्चालक रुपकराज भण्डारीले रक्तदान गर्नुभएको छ ।
त्यसैगरी रेडियोका पूर्व कार्यक्रम प्रस्तोता अम्बिकाप्रसाद डाँगी, मदन जिएम, ताराप्रसाद भण्डारी, सुशील अधिकारी, वसन्त घर्तीमगर, समीर वली, शरद पाण्डेय, भ्युकुमार पुन, हिमाल केसी, विवेक सुनार र पूर्ण वियोगले पनि रक्तदान गर्नुभएको होे ।
रक्तदान कार्यक्रमका लागि मजदुर उपभोक्ता सहकारी संस्थाले जुस तथा खाजाको व्यवस्था गरेको थियो । रक्तदान कार्यक्रमका संयोजक बाबुराम पाण्डेयको अध्यक्षता एवं रेडियोका अध्यक्ष माधवप्रसाद शर्माको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान नै जीवन दान भएको भन्दै अध्यक्ष शर्मामाले रक्तदान गर्ने र अन्य आवस्यक सहयोग गर्ने रक्तसञ्चार र सहकारी संस्थालाई धन्यावाद दिनुभएको छ । स्थापना दिवसकै अवसरमा रेडियोले भोलि बृद्धाश्रममा एकछाक खाना खुवाउने कार्यक्रम तय गरेको छ । आगामी जेठ १ गते औपचारिक कार्यक्रमको आयोजना गरी १२ औँ स्थापना दिवस मनाउने गरी तयारी भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस