घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरसफाई नै सभ्य समाजको आधार भएको बताएका छन् । जलजला बचत तथा ऋण सहकारी संस्था घोराही १४ ले सोमबार आयोजना गरेको सरसफाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले मानिसको पहिलो परिचय भनेकै सरसफाई भएको बताए ।
४६ औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा नगर प्रमुख चौधरीले सरसफाईलाई विकासको आधारकारुपमा लिन आग्रह समेत गरे । फोहोर गर्नेले नै सरसफाई गर्नुपर्ने दायित्व हुने उनको भनाइ छ ।आफुले फोहोर गर्ने तर अरुले नै सफा गरिदियोस भन्ने भावना देखिएको भन्दै अब उपमहानगरले कानुन अनुसार त्यस्तालाई कार्वाही गर्ने समेत चेतावनी दिए । फोहोर गर्ने अधिकार कसैलाई नभएको भन्दै सरसफाईमा जुट्न सबै नगरबासीलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष एवं बाताबरण विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले नगरलाई सफा र हराभरा बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए । सरसफाई नै सभ्य नगरबासीको परिचय भएको भन्दै उनले आफुले गर्ने फोहोर आफैले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
सहकारी संस्थाका अध्यक्ष किर्तीमान पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रकाश पुनमगरले गरेका थिए । सहकारीमा आबद्ध सदस्य तथा जनप्रतिनिधीहरुले रतनपुर चोक देखी तुलसीपुर चोक सम्म सडक छेउछाउमा सरसफाई गरेका हुन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस