दाङ, ११ भदौ । घोराही उपमहानगरपालिका वडा नं. २ ले जनता मावि बुकामा वृक्षारोपण गरेको छ । विद्यालयको झण्डै पाँच बिगाह क्षेत्रफलमा ४ हजार बढी चिउरीका बिरुवा रोपिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।
वडालाई वातावरणमैत्री एवं हराभरा बनाउने योजनाका साथ वृक्षारोपण गरिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो । साथै घोराहीको यस क्षेत्र माहुरीपालनको लागि उपयुक्त क्षेत्र भएको हुँदा माहुरीपालक कृषकहरुलाई चरन क्षेत्रको अभाव हुन नदिन र महको उत्पादन बढाउने उद्देश्यका साथ चिउरीका बिरुवा रोपिएको उहाँले बताउनुभयो ।
वृक्षारोपणमा वडा नं. २ का जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीविहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर चौधरीले विद्यालयले रोपिएका बिरुवाहरुको संरक्षण गरी नगरकै उदाहरणीय विद्यालय बनाउन आफूहरु निरन्तर लागिपर्ने बताउनुभयो । वडाले वृक्षारोपणका लागि आफ्नो विद्यालयलाई छनौट गरेकोमा उहाँले धन्यवाद दिँदै शैक्षिक सुधारका साथसाथै वातावरणीय क्षेत्रमा समेत वडाले क्रियाशीलता देखाएकोमा आभार व्यक्त गर्नुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस