घोराही, २० माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडा अध्यक्ष राजेन्द्र बुुढाको अध्यक्षता तथा नगरप्रमुुख नरुलाल चौधरीको प्रमुुख आतिथ्यता एवं प्रमुुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ठ आतिथ्यतामा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वडाले जेष्ठ नागरिकलाई ओड्ने सामाग्री र हरलिक्स बितरण गरेको हो । वडाका जेष्ठ नागरिकलाई हरेक वर्ष सम्मान गरिने वडा अध्यक्ष बुुढाले जानकारी दिनुुभयो । वडाले ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस