घोराही, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयाँखोर निबासी मृगौला रोगबाट पीडित लक्ष्मिश्रिस वलीले आफ्नो जीवन रक्षा गरिदिन अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका वलीले आर्थिक सहयोग गरेर उपचारमा सघाउन अपिल गर्नुभएको हो ।

मृगौला प्रत्यारोपण गर्नका लागि निकै धेरै रकम लाग्ने भन्दै वलीले सहयोग जुटाएर जीवन रक्षा गरिदिन बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको बेडबाट अपिल गर्नुभएको छ । अहिले नियमित डाइलाइसिस भैरहेको भन्दै उहाँले परिवारको आर्थिक अवस्थाले धान्न नसकेपछि उपचारका लागि हारगुहार गर्नु परेको लक्ष्मीले बाध्यता सुनाउनुभयो ।

वलीका श्रीमान लोबहादुर वलीले आफ्नी ३१ बर्षिया श्रीमतीको जीवन रक्षा गरिदिन सबैमा अपिल गर्दै हिड्नुभएको छ । सहयोग गर्न चाहानेले सिद्धार्थ बैंकको खाता नम्बर ०१४१५१५४८६१ मा जम्मा गरेर श्रीमतीको जीवन बचाइदिन अपिल गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस