घोराही, २४ माघ । दाङमा बसले कारलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने प्रदेश ५ का सांसद उत्तरकुमार वली सहित १६ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई बिहिवार पौने पाँच बजेतिर घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानीनजिकै ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लमहीले बताएको छ ।

दुर्घटनामा परी ज्यान जानेमा बसमा सवार रुकुम घरभएकी अन्दाजी २७ वर्षीया रमिता शर्मा रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परी सांसद वलीको टाउको र खुट्टामा चोट लागेको र उहाँको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । कारमा दुईजना मात्र सवार रहेको जनाइएको छ भने १४ जना घाइते हुने बसमा सवार रहेका हुन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस