घोराही, ४ चैत्र । सुन्दा अचम्म लाग्न सक्छ जुंगा पालेको पनि भत्ता भनेर । तर दाङमा एकजनाले जुंगा पाले बापत नियमित मासिक भत्ता पाउँदै आउनुभएको छ ।
वेष्टर्न डेभलभमेन्ट बैंकमा सुरक्षा गार्डमा कार्यरत कालीबहादुर बुढाथोकीले लामो समयदेखि नागबेली जुंगा पालेको भन्दै मासिक ३ सय रुपैयाँ भत्ता पाउँदै आउनुभएको छ ।
यसै क्रममा आज निर्माण व्यवसायी घटालबाबाका सञ्चालक पूर्णबहादुर भण्डारीले बुढाथोकीलाई केही वर्षको एकमुस्ट ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । आज भण्डारीले बुढाथोकीलाई बैंकमै पुगेर जुँगा पालेबापत नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)