तुलसीपुर, १६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ पिरगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बैठक शनिबार सम्पन्न भयो । हालै मात्रै भवन निर्माण गरेको केन्द्रले आफ्ना गतिविधिलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

भवनको बाहिरबाट तारजाली तथा गेट निर्माणका लागि केन्द्रमा आवद्ध ज्येष्ठ नागरिकहरु सकृय भएर लागिरहेका छन् । उनीहरुले तारजाली र गेट निर्माणका लागि वडा कार्यालयबाट रकम माग गर्ने निर्णय गरेका छन् । यसैगरी केन्द्रको भवन निर्माण सम्पन्न भएको आधिकारीक जानकारी जिल्लाका अन्य ज्येष्ठ नागरिक केन्द्रहरुलाई गराउने निर्णय पनि बैठकले गरेको छ ।

ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा बसेको बैठकमा तुलसीपुर उउपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष चित्रवहादुर ओली, ज्येष्ठ नागरिक केन्द्र तुलसीपुर नगर समितिका बरिष्ठ उपाध्यक्ष तिलकवहादुर बस्नेत, सिड संस्थाका प्रवन्ध निर्देशक भागिराम चौधरी, ज्येष्ठ नागरिक तुलसीपुर समितिका कोषाध्यक्ष झग्गु सुवेदी, सदस्य नेत्रमणी शर्मा, ज्येष्ठ नागरिक तुलसीपुर वडा नम्बर ११ वडा समिति बरिष्ठ उपाध्यक्ष केशवराज डाँगी, शिव मन्दिर प्रिगााउँका अध्यक्ष यमवहादुर बस्नेत, समाजसेवी खिमवहादुर वली लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक वडा समिति सचिव गुरुप्रसाद खत्रीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस