दाङ, २४ चैत । नेपाल उद्योग संघ दाङको जिल्ला अध्यक्षमा सुनील गौतम चयन हुनुभएको छ । शनिवार भरतपुरस्थित नेकपा कार्यालयमा भएको उद्योगीहरुको जिल्ला भेलाले गौतमको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा युवा वैज्ञानिक तथा व्यवसायी मार्सल रोका, उपाध्यक्षहरुमा भागवत कमलापुरी बानिया, दीपकराज आचार्य, महासचिवमा जगदीश भण्डारी, कोषाध्यक्षमा विकास ओली चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मीकुमार घर्ती, गणेश शर्मा, हरिभक्त डाँगी हुनुहुन्छ ।

सुनील गौतमको अध्यक्षता तथा नेपाल उद्योग संघका केन्द्रीय सदस्य तथा ५ नम्वर प्रदेश इन्चार्ज नेघनसिंह कुवँरको प्रमुख आतिथ्यता र नेकपाका जिल्ला कार्यदल सदस्यहरु शिवकुमार आचार्य, सुवास पुनको विशिष्ट आतिथ्यता एवं संघका केन्द्रीय सदस्य अनिल आचार्यको आतिथ्यतामा भएको भेलाले नयाँ कार्य समिति चयन गरेको हो ।

संघमा साना, मझौला र ठूला उद्योगीहरुको सहभागिता रहेको संघले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस