घोराही, १७ पुस । दाङको तुलसीपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाका कमल परीयारकी २ बर्षिया छोरी आरती परियारको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ । यसैविच तुलसीपुरमा अचेत अबस्था भेटिएका घाईतेको मृत्युभएको छ ।
तुलसीपुर उप महानगरपालिका ७ बगरखोला स्थित नामथर नखुलेको पुरुष व्यक्तिको मुख, दाहिले खुट्टामा चोट लागेको र रगत बगेको घाईते अवस्थामा फेलापारी प्रहरीले अस्पताल पुराएको थियो ।
ति व्यक्तिको उपचारका क्रममा मृत्युभएको प्रहरीको भनाई छ । साथै सल्यान छत्रेश्वरी गाउँपालिका ३ जिम्पेका ज्ञान बहादुर परियार हो भनि उनका भाई दिनेश परियारले सनाखत गरी शब बुझेको प्रहरीले जानकारी दिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस