तिर्थराज ज्ञवाली

मौरीघाट (देउखुरी दाङ), २ पुस । राप्ती गाउँपालिकालाई बाख्रा र भैसी पालनमा उत्कृष्ट बनाउने उद्देश्यका साथ राप्ती गाउँपालिका पशु सेवा शाखाले तीनदिने ब्यावसायीक बाख्रा र भैसी पालन तालिमको सुरुवात गरेको छ ।

राप्ती क्षेत्रका विभिन्न वडाका ब्यवसायउन्मुख तथा नयाँ युवा किसानलाई बाख्रा र भैसी पालन तालिम दिन लागिएको पशु सेवा शाखा प्रमुख राजविक्रम चौधरीले बताउनुभयो ।वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको तालिममा तालिम अधिकृत सुदनकुमार भट्टराई, आर्थिक विकास शाखा प्रमुख महेशकुमार अधिकारी, पशु प्राविधिक हिमा बस्नेत र कमल पुनले तालिमको महत्त्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस