घोराही, ५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले त्यस्ता अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले अबैध हातहतियार बुझाउनका लागि समन्वय गर्न जिल्लाका दशवटै स्थानिय तहलाई पत्र पठाउने तयारी भएको र प्रहरीलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । साथै सञ्चार माध्यमहरुबाट पनि सार्वजनिक सूचना जारी गर्ने तयारी भएको प्रशासनले जनाएको । ३५ दिनभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

कानुन बमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नभएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु पश्चात् हकवालको नाममा नामसारी नभएको र अन्य व्यक्तिसँग भएका हातहतियार समयमै बुझाउन प्रशासनले आग्रह गरेको हो । प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा अनुमति बेगरका हतियार बुझाउन भनिएको छ । नेपाल सरकारको फागुन २८ गते निर्णयानुसार ३५ दिनभित्र अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारबाही नगरिने उल्लेख छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस