घोराही, ८ चैत । जिल्ला प्रहरी कार्यालय दाङले अबैधरुपमा राखिएका हातहतियार बुझाउ सार्बजनिक सूचना जारी गरेको छ । मन्त्री परिषद्को फागुन २८ गतेको बैठकले देशभरी अबैध हतियार संकलन गर्ने निर्णय गरे अनुसार सबैलाई हतियार बुझाउन सार्बजनिक सुचना जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले हतियार बुझाएर सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । नेपाल सरकारले ३५ दिनभित्र अबैध रुपमा राखिएका हतियार बुझाउन आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रहरीले तोकीएको समयमा हतियार नबुझाएको खण्डमा कानुन अनुसार कारबाही गर्ने जनाएको छ । सरकारले तोकेको समयसिमाभित्र अबैध हतियार बुझाए कुनै कारबाही नहुने सार्बजनिक सूचनामा उल्लेख गरेको छ । प्रहरी चौकी, सशस्त्र प्रहरी र नेपाली सेनालाई हतियार बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस