घोराही, १८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बारा र पर्सामा हावाहुरीका कारण भएको विनाशकारी क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । हावाहुरीका कारण भएको मानवीय र भौतिक क्षतिले उपमहानगरलाई स्तब्ध बनाएको भन्दै नगर प्रमुख चौधरीले मृतकहरुप्रति श्रद्धान्जली र घाइतेहरुको शीघ्रस्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

नगर प्रमुख चौधरीले आज विज्ञप्ति जारी गरी ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन भएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा समवेदना समेत प्रकट गर्नुभएको छ । मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।

साथै उहाँले बिज्ञप्तिमा मौसम परिवर्तन सँगै आउन सक्ने प्राकृतिक विपत्तीबाट बच्नका लागि आवस्यक सुरक्षा तयारीमा जुट्न समेत सबै पक्षलाई अपिल गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस