दाङ, १९ चैत । घोराही उप–महानगरपालिका वडा नं. १४ ले योजना छनौट थालेको छ । वडामा रहेका विभिन्न टोल विकास संस्थामा पुगेर आर्थिक बर्ष २०७६/७७ का लागि योजना छनौट गर्न थालिएको अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

टोलको आjश्यकताका आधारमा योजना छनौट गरिएको अध्यक्ष डाँगीको भनाइ छ । चैत्र १८ गतेबाट सुरु गरिएको योजना छनौट २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । टोल विकासमा गएर योजना छनौट गर्दा नागरिकको आवश्यकताका आधारमा योजना छनौट हुने भन्दै त्यसले स्थानीय स्तरको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही क्रममा मंगलवार झिँगौरा आश्रम, स्वर्गद्वारी आश्रम, नयाँबस्ती आश्रम टोलमा योजना छनौट गरिएको थियो ।

स्थानीयहरुले आवश्यकताका आधारमा योजना छनौट गरेका थिए । त्यस अवसरमा बोल्दै घोराही उप–महानरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले स्थानीयस्तरको विकास गर्न टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जेष्ठ नागरिक शिवानन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तिलकराम डिसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस