घोराही, १३ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १९ मा बाल विवाह न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल क्लब, किशोरी समूह, वडास्तरीय बाल संरक्षण समिति, टोल विकास संस्थाका पदाधिकारी गरी ४० जनाको सहभागिता रहेको थियो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि वडा नं. १९ का अध्यक्ष हर्कबहादुर घर्तीले वडा नं. १९ उपमहानगरपालिकाको विकट बस्ती भएको हुँदा चेतनाको अभावका कारण बाल विवाह बढी हुने गरेको भन्दै त्यसको न्युनीकरणका लागि अभिभावक एवं बालबालिका दुवैको चेतनाको स्तर बृद्धिका लागि वडाले कार्यक्रम गरिरहेको बताउनुभयो । बालविवाहका कारण बालबालिकाको चौतर्फी विकासमा बाधा पर्नेे बताउँदै उहाँले २० वर्ष पछि मात्र विवाह गनुपर्ने धारणा बनाउन कार्यक्रम सफल हुने धारणा राख्नुभयो ।

उक्त अवसरमा वडा सदस्य जंग घर्ती, वडा सचिव भीमबहादुर के.सी, भगवती मा.वि. होड्बाङका प्रधानाध्यापक देवी घर्तीमगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजकर्तामा जेएन सागर र इन्द्र डिसी रहनुभएको थियो । वडा नं. १९ को सहयोग तथा दाङ सञ्जार प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस