दाङ, १३ जेठ । जिल्लामा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिको पहलमा आइतवार घोराही उपमहानगरपालिका, स्थानीय प्रशासन, सरकारी कार्यालय, राजनीतिक दलको सहभागितामा भएको बैठकले जेठ १४, १५ र १६ गते विविधि कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा गणतन्त्र दिवस मूल समारोह समिति समेत गठन गरेको छ । बैठकले १४ गते सरसफाई, १५ गते घोराहीमा प्रभातफेरि र १६ गते ‘गणतन्त्रको सुदृढिकरणमा राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरेर बैठकले तीनै दिन जिल्लाका सरकारी कार्यालय र घर घरमा दीपावली गर्न लगाउने निर्णय समेत गरेको छ । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस