घोराही, १५ जेठ । घोराही सिमेन्ट उद्योगले सामाजिक सहयोग कार्यक्रम अन्तरगत उद्योग आसपासका क्षेत्रमा ३० लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदी र विकास शर्माले आज वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीलाई ३० लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

उद्योगले लक्ष्मीपुर स्वास्थ्य चौकीलाई २ लाख ७० हजार, सुनपुर पारखेत कुलो निर्माणका लागि ३ लाख, डाँडागाउँ गोग्ली बन्जाडी कुलो सिचाईं योजनालाई १ लाख, गोग्ली तल्लो बाटो निर्माणका लागि १ लाख ५० हजार, स्यालापानी कल्भर्ट निर्माणका लागि ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी, सुनपुर खानेपानीलाई २ लाख ५० हजार, गोग्ली शिव मन्दिर निर्माणका लागि ३ लाख ५० हजार, झुम्केटारी भकारे वाटो निर्माणमा ४ लाख, लक्ष्मिपुर देवि मन्दिर निर्माणमा १ लाख ५० हजार, शान्तिनगर बाटो निर्माणमा २ लाख ५० हजार, गोग्ली थुम्का बाटोका लागि २ लाख ५० हजार र रात्री प्रावि बेलुवालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको उद्योगले जनाएको छ ।

साथै उद्योगले प्रावि सुनपुरलाई ८० बोरा सिमेन्ट र प्रावि पलाँसेलाई २५ बोरा सिमेन्ट उपलब्ध गराएको जनसम्पर्क अधिकृत अमर सुवेदीले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस