तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २४ जेठ । राप्ती गाउँपालिकाले शिक्षक छनौटका लागि विषय विज्ञको माग गरेको छ । गाउँपालिकामा दरबन्दी, करार, राहत तथा गाउँपालिकाको अनुदानबाट नियुुक्ति गर्ने प्रयोजनको लागि विषय विज्ञहरुको माग गरिएको हो । राप्ती गाउँपालिकाका विभिन्न विद्यालयहरुमा छनौट गर्नुपर्ने शिक्षकहरुको परीक्षाको लागि प्रश्नपत्र तयारी गर्न गाउँपालिकाले विषय विज्ञहरुको खोजी गरेको छ ।

विषय विज्ञहरुको सूूचीमा योग्यता पुगेका विद्यालय वा क्याम्पसमा कार्यरत कम्तीमा ३ वर्ष शिक्षण अनुभव भएका स्थायी, अस्थायी शिक्षक, प्राध्यापक वा सेवा निवृत्त प्राध्यापकहरुले आवेदन दिन सक्ने राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।

विषय विज्ञहरुको सूूचीमा आवद्ध हुन चाहनेले यही जेठ ३२ गतेसम्ममा आफू विज्ञ हुन चाहेको तह र विषयमा शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम अनुसारको ३ सेट विषयगत र वस्तुगत प्रश्न निर्माण गरी इलेक्ट्रोनिक कपीसहित निवेदन पेश गर्न अनुरोध गरिएको छ ।

प्राथमिक तहका लागि बी.एड. शैक्षिक योग्यता, आधारभुत तहका लागि अंग्रेजी, गणित, नेपाली, विज्ञान, सामाजिक विषय र विज्ञ हुन चाहेको विषयमा कम्तीमा वि.एड. उत्र्तीण गरेको हुनुपर्ने र माध्यमिक तहका लागि अंग्रेजी, गणित, नेपाली, विज्ञान, सामाजिक र विज्ञ हुन चाहेको विषयमा कम्तीमा स्नाकोत्तर तह उत्र्तीण हुनुपर्ने बताईएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकका अनुसार विश्व विद्यालयमा प्रध्यापन कार्यमा संलग्नहरुको लागि ३ वर्षको शिक्षण अनुभव भएका व्यक्तिहरुलाई स्थायी नभएता पनि निवेदन दिन सक्ने, माध्यमिक तह विज्ञान विषयको हकमा सम्बन्धित विषयमा स्नातक तह उत्र्तीण माध्यमिक तहका स्थायी शिक्षकहरुले निवेदन दिनसक्ने, कम्प्युटर विज्ञान, इन्जिनियरिङ, कृषि, पशु विज्ञान विषयको लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण व्यक्ति उम्मेदवार हुन सक्नेछन, माथिल्लो तहको विज्ञको लागि निवेदन पेश गरेका व्यक्तिहरुले तल्लो तहमा समेत सूचीकृत हुन चाहेमा उल्लेख गरिए बमोजिम सम्बन्धित तहको प्रश्न पत्र समेत पेश गर्नुगर्ने विकले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस