दाङ, १३ बैशाख । घोराही उपमहानगरपालिका -५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानी धामको छैठौं अधिबेशन तथा १७ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ।

समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता एवम् मन्दिरका आजिवन ज्येष्ठ सदस्य ९१ वर्षीय पद्मप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा साधारणसभा भएकाे थियाे । समितिका उपाध्यक्ष शंकर गौतमले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मन्दिरको प्रतिवेदन अध्यक्ष गणेशकुमार अधिकारीले प्रस्तुत गर्नुभएको थियोे । साधारणसभामा सचिव बिस्णुराम आचार्यले सचिवको प्रतिवेदन पेश गर्नुभएको थियोे । कोषाध्यक्ष बोधीप्रसाद अधिकारीले नब्बे लाख आठ हजार सात सय रुपैयाँको आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियो। ।

उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंंघका केन्द्रीय सचिव सविन प्रियासनले धर्नास्थित धारापानी धाम दाङकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र भएको बताउँदै यसको महाभारत एवम् रामायणकालीन सभ्यतासँग सम्बन्ध भएको बताउनुभयो । धारापानी धामलाई प्रचारप्रसार र विकास गर्न सकेमा दाङको समृद्धिका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने प्रियासनको भनाइ थियो ।

सो अवसरमा बोल्दै समितिका सल्लाहकार श्रीधर शर्मा पौडेलले धारपानीको विकास गएको एक दशकमा बढी भएको र सबैको सक्रिय साथ रहेको बताउनुभयो ।

कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले धारपानी धामको विकासका लागि साझा धारणा र एकता हुनुपर्नेमा जोड दिनुभयो । पर्यटकहरुलाई आकर्षण गर्नको लागि धारापानी धामलाई घोराही एवम् अन्य ठाउँका धार्मिक क्षेत्रहरूसँग जोडेर धार्मिक सर्किट निर्माण गर्नुपर्ने वक्ताहरूको सुझाव थियो।

कार्यक्रममा बायालडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरदकुमार आचार्य, समाजसेवी ऋषिराज जंगली, योग गुरु प्रेम शाह, वडा नम्बर ५ का सदस्य भुमबहादुर गिरी लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियाे ।

कार्यक्रममा आजीवन सदस्य एवम् धार्मिक वन क्षेत्रमा आगलागी लगायतका कार्यहरू रोक्नको लागि सहयोग गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यसैगरी कार्यसमितिका सदस्यमध्ये सबैभन्दा बढी उपस्थित हुनेलाई सम्मानपत्र प्रदान गरिएको थियो। जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित भएकोमा कार्यसमिति सदस्य विवेक श्रेष्ठलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

कार्यक्रमकाे सञ्चालन सचिव बिस्णुराम आचार्यले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस