घोराही, १२ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले खैरा बजारको अनुगमन र सरसफाई गरेको छ । वडा कार्यालयको अगुवाईमा विभिन्न सरोकारवाला पक्षहरुको सहभागितामा बजार अनुगमन तथा सरसफाई गरिएको हो ।

वडा अध्यक्ष कुलबहादुर लामिछाने, उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख अमरराज शर्मा, सरसफाई शाखाका नायब सुब्बा गोपाल खड्का, नारायणपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेत, इलाका प्रहरी कार्यालय नारायणपुर सहित सिद्धार्थ, चन्द्रसूर्य, दिपज्योती, समाबेशी टोल विकास संस्थाहरुको सहभागितामा अनुगमन र सरसफाई गरिएको हो ।

टोलीले व्यवसायीहरुलाई अनिबार्य पसल दर्ता, नविकरण गर्न, मूल्य सुचि राख्न, गुणस्तरीय समानहरु मात्रै बेच्न आग्रह गरेको छ । साथै आफुले गरेको फोहोरको आफैले उचित व्यवस्थापन गर्न पनि सबैलाई अनुरोध गरेको छ । चाडपर्व आउदै गर्दा उपभोक्ता ठगिने गरेको गुनासोहरु आउन थालेपछि स्थानिय सरकारले सरोकारवाला निकायहरु सँगको समन्वयमा बजार अनुगमन गर्दै आएको छ ।।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस