तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २० मङ्सिर । राप्ती गाउँकार्यपालिकाको निर्णय अनुसार नदीजन्य पदार्थ अमानतमा बिक्री वितरण गर्ने तथा सबै वडामा आवस्यक विद्युत विस्तार गरिने भएको छ । विहिवार बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार राप्ती नदीको पश्चिम खण्डको नदीजन्य पदार्थ टेन्डर नपरेकोले अमानतमा दिने निर्णय गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले नगरिकहरुलाई नदिजन्य पदार्थ सरल उपलब्धताको ब्यवस्था मिलाउन अमानतको प्रक्रियालाई अघि बढाईएको प्रवक्ता विद्याशरण चौधरीले जानकारीदिनु भएको छ ।

राप्ती गाउँपालिकाको यस आर्थिक वर्षमा वडागत तथा गाउँपालिका स्तरीय ग्रामीण विकास अन्तरगत विद्युत सेवाको सहज उपलब्धताको लागि संयुक्त रुपमा विद्युत प्राधिकरण संग सिहकार्य गरि कार्य थालनी गरिने छ ।

प्रवक्ता विद्याशरण चौधरीका अनुसार बैठकले वडा नं ९ को विभिन्न गाउँहरुलाई पीउने पानी तथा सिंचाईको ब्यवस्थाका लागि स्टीमेट अनुसारको कार्य गर्ने गरि कन्सल्टेन्सलाई कार्य जिम्मेवारी समेत प्रदान गर्ने निर्णय गरिएको छ । साथै विगतका दिनमा विभिन्न रोग लागेका विरामीहरुको उपचार सहयोग बापतको रकमदिने प्रक्रियालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस