घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा व्यवसायीक पिडालु खेती सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा रैथाने अग्र्यानिक पिडालु खेतीको सुरुवात गरिएको हो ।

नगरका अर्थ विकास समिति संयोजक एवं वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेको अध्यक्षता र नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा आज कार्यक्रम गरि पिडालु खेतीको सुरुवात गरिएको हो । नगरको कृषि शाखा मार्फत ८ लाख रुपैयाँको अनुदानमा सिमलतारा महिला कृषक समुहले व्यवसायी अग्र्यानिक पिडालु खेती थालेको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले व्यवसायीक खेती बाटै आर्थिक संबृद्धी हुने बताउनुभयो । कृषि पेशाबाटै आत्मनिर्भरता र देशको विकास हुने भएकाले किसानहरुलाई मेहनती बन्न समेत आग्रह गर्नुभयो ।

निर्वाहमूखी पिडालु खेतीलाई अब बहुउपयोगी बनाउदै व्यवसायिककरण गर्न स्थानिय सरकारले किसानहरुलाई सहयोग गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा कृषि शाखाका प्राबिधिक सहायक दिपक बुढाथोकी, राधा मल्ल र नगर कार्यपालिका सदस्य टोपाकुमारी पौडेलले किसानहरुलाई उत्साहित भएर पिडालु खेतीमा लाग्न सुझाब दिनुभयो ।

सिमलतारा महिला कृषक समुहमा आबद्ध २७ जना महिलाहरुले ४ बिगाह क्षेत्रफलमा बृहत पिडालु खेती थालेका हुन् । पिडालुको उत्पादन पश्चात पाप्रो, बरी, कर्कलो, चना लगाएतका परिकारहरु बनाइने छ भने प्रशोधनका लागि सामग्री र भवन बनाउन नगर कृषि शाखाले ८ लाख रुपैयाँ अनुदान दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस