तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २६ बैशाख । राप्ती गाउँपालिकाको भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तर्गत वडा नं ५ को भुल्केमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले पशुहरुलाई औषधि खुवाएर शिविरको सुरुवात गर्नुभएको थियो । शिविरमा ३ सय ४५ बाख्रा, ४५ गाईगोरु, ५ भैसी, २४ बंगुर, ५० कुखुराहरुको परिजिवी नियन्त्रणका लागि औषधि दिइएको छ भने ४० गाईगोरु, ५ भैसीमा भ्यागुतेरोग विरुद्ध खोप लगाइएको छ ।



