घोराही, १० चैत । स्याङ्जाबाट बैंकिङ सेवा सुरु गरेको मुक्तिनाथ बिकास बैंकको शाखा घोराहीमा खुलेको छ । २०६३ सालमा स्याङ्जाबाट सेवा सुरु गरेको बैंकले आइतबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शाखाको उद्घाटन गर्नुभएको हो ।

बैंकका सहायक कार्यकारी अधिकृत गोबिन्दबहादुर राउतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर प्रमुख प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतले बोल्नुभएको थियो । बैंकले देशका बिभिन्न जिल्लामा एक सय २० शाखा स्थापना गरिसकेको छ ।

बैंकले ३५ अर्बको कर्जा लगानी गरेको जनाएको छ । १० अर्ब बिना धितो रकम बितरण गरेको र एक लाख ३० हजारले सेवा लिएको बैंकका सहायक कार्यकारी अधिकृत राउतले जानकारी दिनुभयो । बैंकले ३० प्रतिशत कृषि र ४० प्रतिशत अन्य उत्पादनका क्षेत्रमा पैसा लगानी गरेको जनाएको छ ।

बैंकले व्यक्तिगत जमानतमा पाँच लाख रुपैयाँ सम्म लघुउद्यम, व्यवसाय र कृषिमा विना धितो लगानी गर्ने राउतले बताउनुभयो । समुह जमानतमा सात लाख विना धितो, साना उद्यम कर्जामा २० लाख र साना आवास कर्जामा २० लाख रुपैयाँ सम्म धितो कर्जा दिने समेत बैंकले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस