तिर्थराज ज्ञवाली

पिपरी (देउखुरी), २ जेठ । नयाँ जमाना अनुसारका सुइटर निर्माण गर्दै आयआर्जन बृद्धि गर्न ३० जना युवति तथा महिलाहरूलाई होजियारी तालिम बिहीबारदेखि पिपरीमा सुरू गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरी, पिपरा, बिजौरी, कोहलुवा, जुडपानी गाउँका युवति तथा महिलाहरूलाई होजियारी तालिम सुरू गरिएको हो ।
बिहीवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले  होजियारी तालिमको उद्घाटन गर्दै बेरोजगारीको अन्त्यका लागि वडागतरूपमा गाउँपालिकाले सीपमूलक तालिमको अभियान चालेको बताउनुभएको छ ।
राप्ती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता,सामाजिक विकास समिति संयोजक प्रवक्ता विद्याशरण चौधरीको विशिष्ठ आतिथ्यतामा होजियारी तालिमको उद्धाटन गरिएको छ ।
स्वरोजगार र आर्थिक अवस्थामा सुधारका लागि दिइएको तालिममा सहभागीहरूलाई अर्जुन अधिकारी, प्रकाश बिष्ट, रामप्रसाद चौधरी, पुरनप्रसाद चौधरी, गोपाल खत्री, नुमबहादुर गुरूङ, ज्ञानबहादुर गुरूङ, रेशम थापालगायतले  दक्ष सिकाइको शुभकामना दिनुभएको थियो ।
एक महिना चल्ने सुइटर बुनाइ होजियारी तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य बिष्णु गुरूङले स्वागत तथा वडा सचिव मंगलप्रसाद चौधरीले  कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस