घोराही, २ चैत्र । संघिय संसदका सभामुख कृष्णबहादुर महराले भाषा संस्कृती संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृती प्रतिष्ठान केन्द्रिय समिति दाङले शनिबार घोराहीमा आयोजना गरेको मगर सांस्कृती भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतीको आफ्नै पहिचान भएको बताउनुभयो ।

संबिधानले बहुपहिचान युक्त राष्ट्र स्विकार गरेको भन्दै सभामुख महराले सबै समुदायको ठूलो उपलब्धी भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष किर्तीमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका सभामुख महराले भाषा संस्कृती संरक्षण गर्न अझै कानुनको अभाब रहेको र सरकारले छिटै मस्यौदा बनाउने पनि जानकारी दिनुभयो ।

आफु पनि मगर समुदायमै हुर्किएको भन्दै सभामुख महराले राजनितिक यात्रामा मगर समुदायको भुमिकाले नै आफु उच्च स्थानमा पुगेको स्मरण गर्नुभयो । यसैविच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफुले ५० हजार रुपैयाँको अक्षकोष स्थापना गरेको र यस बर्षपनि थप ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृती र मौलिकता राष्ट्रिय पहिचान भएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले नगरका सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृतीलाई बचाउन निति नै लिएको उल्लेख गर्नुभयो ।

भेषभुषाले पहिचान दिने र यसको संरक्षणमा सम्वन्धित समुदाय र सरकार जिम्मेवार हुने बताउनुभयो । परिबर्तनका नाममा बिभिन्न चलन र संस्कार भित्रन लागेको भन्दै उहाँले आफ्नो संस्कार संस्कृतीलाई जगेर्ना गर्नु प्रमुख दायित्व हुने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस