दाङ, ११ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको पिपरीमा भएको सवारी दुर्घटनामा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा राप्ती गाउँपालिका–८ पिपरीका ५० वर्षीय राजकुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।

शनिबार बेलुका जीपको ठक्करबाट घाइते भएका पाँचजना पैदलयात्रुमध्ये राति राजकुमारको उपचारका क्रममा कोहलपुर र निशानको बुटवलमा मृत्यु भएको हो ।

जीपको ठक्करबाट घाइते भएका पिपरीका २२ वर्षीया गौरी चौधरी, उहाँकी २ वर्षीया छोरी लक्ष्मी चौधरी र ७ वर्षीया सृष्टि गुरुङको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताउनुभयो । चालक र गाडी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस